दमक राप्रपाले भित्र्यायो चार अन्य पार्टी छोडेका चार दर्जन नेता, कार्यकर्ता

खगेन्द्र कार्की

दमक । दमक नगरपालिकाका विभिन्न पार्टी परित्याग गरी चार दर्जन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । ३ नम्बर वडाको अधिवेशन सन्दर्भमा कोशी प्रदेश अध्यक्ष राम थापाले टिका लगाएर स्वागत गरेका थिए ।

थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रम पार्टी कार्यालयको सभाहलमा बिहीबार आयोजना गरिएको थियो । जिल्ला अध्यक्ष केशव ओझा, केन्द्रीय सदस्य लक्ष्मी संगौलाको विशेष आतिथ्यता तथा क्षेत्रीय अध्यक्ष तथा वडा नं. ७ का वडाअध्यक्ष भीम प्रसाद पौडेल, राप्रपा नगर अध्यक्ष हेम सुवेदी, प्रदेश अध्यक्ष राजकुमार योङ्या, प्रदेश सचिव वासुदेव भट्टराईको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । युवक संगठन झापाका प्रथम उपाध्यक्ष भुवन ढकालले दिएको जानकारी अनुसार सो कार्यक्रममा कांग्रेस पार्टी छोडेर पूर्व नसस विष्णु धिमाललगायत १० जना, सुमन सुब्बा, सुरेश तामाङ, सूर्य सुब्बा, प्रवेश (लक्ष्मण) तामाङ, सन्तोष दर्जीसहित ३५ जना र अन्य गरी ४८ जनालाई पार्टीमा स्वागत गरिएको छ ।

ढकालले दिएको जानकारी अनुसार सोही कार्यक्रमबाट पुनः सन्तोष कुमार बस्नेतको अध्यक्षतामा नयाँ समिति समेत चयन गर्न ६१ जनाको नामावली तयार भएको छ । अर्को पूर्ण बैठकबाट कार्यविभाजन गरी समितिलाई पूर्णता दिने निर्णय भएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया