दमक । विभिन्न स्थानमा भएका दुर्घटना मध्ये तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाण्डु आउँदै थिए दुर्घटनामा परेको हो । सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरे ।
प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए । दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ । बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।
भरतपुर दुर्घटनामा २५ यात्रु घाइते
चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोस्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस गुडिरहेका बेला अचानक माथिबाट ढुङगा खस्दा चालकले नियन्त्रण गुमाउँदा पल्टिएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साढ एक बजे भएको यो दुर्घटनका घाइतेको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही सडक खण्डमा गत असार २८ गते राति बसमाथि ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो भने त्यसै दिन सिमलतालमा पहिरोले २ वटा बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।
स्कुल बस दुर्घटनामा एक घाइते
यसैगरी, शुक्रबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।
पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् ।
दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेको ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए । स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु र २८ जना घाइते भएको तीन सातापछि पोखरामा फेरि अर्काे स्कुल बस दुर्घटना भएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो