पाठकको पुर्पुरो : वि.सं. २०८१ आश्विन ३ गते (तद्अनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख) बिहीबार

फामिने ज्योतिष

मेष – आयआर्जनको दृष्टिले राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । आफन्तमिलनले सुख दिनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

वृष – कामहरु सजिलैसँग बन्ने दिन छ । प्रगतिको दर बढ्ला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने तथा धन आर्जनको अवसर जुर्ने समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । धनमाल हराउनाले मनमा पीडा थपिने योग छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्य आज सकभर टार्नु नै उचित हुनेछ । व्यर्थको खर्चले मन पिरोल्ला, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ ।

कर्कट – बन्नै लागेको काम पनि बिग्रनसक्ने समय हुनाले आजको दिन सावधानीको विशेष दरकार छ । काममा कठिनाइ सहनु पर्ला । परिश्रमअनुसारको परिणाम हात नलाग्न सक्छ । आर्थिक लेनदेन आज नगर्नु उचित हुनेछ । रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रहनुहोस् ।

सिंह – घरायसी काममै दिन जाने देखिन्छ र पनि कमाइ सोचेअनुरुप हुने देखिन्छ । काम बन्नाले सुखको अनुभूति होला । पठन–पाठनमा मन जानेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – आजको दिन काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । कुनै नयाँ कामको थालनी गर्नका लागि उचित समय छ । समय शुभदायी हुनाले कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि वृद्धि होला । नयाँ योजना पनि बन्ने सम्भावना छ । स्वास्थ्य सबल रहनेछ । पराक्रम बढ्ला ।

तुला – आजको दिन अनावश्यक डर, वादविवाद हुनसक्छ, होस राख्नुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । आरोग्यबल भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । यात्रागत कार्य सार्थक रहला ।

वृश्चिक – पराक्रमसँगै ब्यस्तता बढ्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने परिस्थिति आउला । मनमा दुबिधा रहन सक्छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । घरायसी कार्यमा भने हैरानी बढ्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सुखद यात्राको योग पनि रहेको छ । आजको दिन कतैबाट खुसीको खबर प्राप्त हुनेछ । ब्यस्तता बढ्नेछ, रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – अरुको सहयोगमा भएपनि अल्झेका कामहरु बन्ने समय छ । अप्रत्याशित लाभ होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनाले मन शान्त रहनेछ । टाढाबाट या नसोचेको धनप्राप्तिको सम्भावना छ ।

कुम्भ – सबल स्वास्थ्यको लागि खानापानमा एकदमै सावधान रहनुपर्ने समय छ । आजको दिन व्यर्थको खर्च हुनसक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । घर–परिवारमा पनि समस्या आउनसक्ने योग छ । अनावश्यक विवाद बढ्ने तथा शत्रु पक्षले सताउने देखिन्छ । सजगता र धैर्यशीलताका साथ समय कटाउने प्रयत्न गर्नु हितकर रहनेछ ।

मीन – दिन शुभदायी छ । रोकिएका काम बन्नेछन् भने आर्थिक पक्ष सबल रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछन्, मुद्दा–मामिलामा विजयी भइनेछ । धनलाभको योग छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभा प्रदर्शन गरी प्रशंसा कमाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । समग्रमा दिन खुशीसाथ बित्ने देखिन्छ ।

फामिने ज्योतिष
प्रतिक्रिया