फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
इटहरी । यातायात कार्यालय विचौलियाको दादागिरी चल्ने क्षेत्र हो । जहाँ जस्तोसुकै परिस्थितिमा पनि सेवाग्राहीले विचौलिया समाउनै पर्ने आधार सो कार्यलयले तय गरेका हुन्छन् । त्यही सेटिङमा यातायात कार्यालयको छापसहित काम गरिरहेका विचौलिया र अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना अधिकृत सहित २२ जना बिचौलीयालाई पक्राउ गरेको हो ।
सेवालिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलीयालाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ।
उनीहरूले कार्यालय अगाडी आमसर्वसधारण हिड्ने पेटीमा पसल नै राखेर सरकारी छापदेखि सहिसम्म किर्ते गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो