काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशमा आयोजना हुने यू–१९ महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली बिहीबार सार्वजनिक गरेको छ ।
घोषित महिला राष्ट्रिय टोलीमा गोल रक्षकमा सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी रहेका छन भने डिफेन्डरमा दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के रहेका छन । यस्तै मिडफिल्डरमा बिर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ रहेका छन । फरवार्डमा सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान रहेका छन ।
फाष्ट मिडिया नेपाल संवाददाता
४ माघ २०८०, बिहिबार १०:०२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो