नेपालमा पेट्रोलियम पदार्थमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेत २०४५ सालमा भारतले लगाएको नाकाबन्दीले खुलाएको हो । तत्कालिन प्रधानमन्त्री मरिचमानसिंहको पालादेखि नेपालका विभिन्न भागमा पेट्रोलियम पदार्थको खोजी, अनुसन्धान, अन्वेषण सुरु भएको छ । अन्वेषण धेरै स्थानमा भए पनि अहिलेसम्म सफल सकेको छैन तर अहिले दैलेखले भने सम्भावना देखाएको बताइएको छ ।
२०७५ सालमा चीन सरकारसँग भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम अन्वेषणका लागि आवश्यक पूर्वाधार निर्माणसँगै सर्भे अघि बढेको छ। जलजलेमा २७ घरपरिवारका ४५ रोपनी जग्गा नेपाल सरकारले अधिग्रण गरिदिएपछि पेट्रोलियम अन्वेषण परियोजनाले उत्खनन स्थलमा संरचना निर्माण थालेको थियो। यसअघि भएका विभिन्न चरणको सर्भेपछि आइतबारदेखि अन्वेषणात्मक वेल ड्रिलिङ सुरु भएको छ।
सो पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् । पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर ड्रिलिङ सम्पन्न भएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी गराएको छ । यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावना’दयगत अध्ययन गरिने छ ।
जलजले आसपासका ४५ रोपनी क्षेत्रफल जमिनलाई अधिग्रहण गरेर निर्माण कार्य सुरु भएको हो। आगामी ६ महिनाभित्र सक्नेगरी चिनियाँ कम्पनीले काम गरिरहेको जनाएको छ।
शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो ।
त्यसो त यसरी पेट्रोलियम पदार्थको अन्वेषण धेरै ठाउँमा भइसकेको भए पनि काँही पनि सफल हुन सकिरहेको छैन । मोरङको बेलबारीमा पनि ३७ वर्ष अगाडि नै पेट्रोलियम पदार्थ छ भनेर वडा नं. ८ राधान नगर निकै लामो समयसम्म उद्योग मन्त्रालयले संरक्षण हुँदै आए पछि अहिले झाडीमा परिणत भएको छ । तर पछिल्लो समय सरकारले खानीको विस्तृत अन्वेषणको प्रतिबेदनका कुरा पनि बाहिर ल्याएको छैन भने त्यसको उत्खखनको काम पनि अघि बढन सकेको छैन । खानी क्षेत्र अहिले झाडीको रुपमा झाडी परिणत भएको छ । स्थानीयले गाई बाख्राको लागि गौचरणका रुपमा झाडीलाई प्रयोग गदै आएको छन । खानी रहेको भनिएको क्षेत्रमा रहेका पाँच वटा गोदाम भत्केका छन भने भएको एउटा गौदामपनि लथालिङ्ग अबस्थामा रहेको छ । तत्कालीन समयमा इटालीको सेल कम्पनीले ३५ सय २० मिटर गहिरो ड्रिल गरेको स्थललाई अहिलेपनि प्लाटर गरेर सुरक्षित रुपमा राखिएको छ ।
अन्वेषण हुन्छ । राज्यको भएनभएको ठूलो धनराशी खर्च पनि हुन्छ पछि कताबाट कसले के रिमोट चलाइदिन्छ त्यतिकै त्यो सेलाएर वेवारिसे बनाउने नेपाली शासकको प्रचलन नै रहेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो