सिन्धुली-सिन्धुलीकाे गोलान्जोर गाउँपालिका ६ बागेश्वरका एकै परिवारका १६ जना रहस्यमय रूपमा सम्पर्कविहीन भएका छन्। तीनदिनदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकारी दिएकाे हाे।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सूचनापछि प्रहरीले खोजतलास सुरु गरेको छ।
परिवारका कसैको पनि मोबाइलमा सम्पर्क हुन नसकेकाे प्रहरीजे जनाएकाे छ। प्रहरीका अनुसार प्राविधिक रुपमा पनि लोकेसन हेर्ने काम भइरहेको छ।
घरमा वस्तुभाउ सबै छन् तर मान्छे नभएकाे प्नहरीले जनाएकाे हाे। गाउँलेहरूले बिहीबारपछि नदेखे पछि प्रहरीलाई खबर गरेकाे थियाे ।
हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए। तर कहाँ गए भन्ने अझैसम्म पत्ता लगाउन सकेकाे छैन ।
बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो