आजको पाठकको पुर्पुरो ः वि.सं.२०७९ चैत्र २३ गते (तद्अनुसार सन् २०२३ अप्रिल ६ तारिख) बिहीबार

खगेन्द्र कार्की


मेष – आजको दिन राम्रो छ । नयाँ कामको थालनीका लागि शुभ समय छ । कर्ममा जोश र जाँगर बढ्ला । कामहरू सजिलैसँग बन्नेछन् । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कार्यव्यापारमा सफलता प्राप्त होला । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव वृद्धि हुने समय भए पनि आजको दिन त्यत्ति शुभदायी नरहला । पेशागत समस्याका साथै अनावश्यक वादविवादको सामना गर्नु पर्ला । घरपरिवारमा पनि केही मनमुटाव रहन सक्छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर रहनेछ । इष्टमित्रको साथ भने प्राप्त हुनेछ । प्रयास गरे पनि ब्यर्थमा समयको नाश हुन सक्ने योग भएकोले धैर्यशाली रहनुहोला ।

मिथुन – व्यस्तता वृद्धि हुनेछ । आज सामाजिक काममा नाम रहने योग छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ, तर मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । ब्यापारमा पनि घाटा सहनुपर्ला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – पराक्रम वृद्धि हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । वैवाहिक जीवन सुखमय रहला । रसरागमा आकर्षण बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने दिन । यात्राको पनि योग रहेको छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने दिन छ । मन शान्त रहला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । पराक्रम वृद्धि होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको पन वृद्धि हुनेछ ।

कन्या – समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा विरोधिपक्षले सताउने योग छ, सजक रहनुहोला । आज स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । तथापि, प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – प्रयत्न गरेका काम ढिलै भए पनि सफलता मिल्नेछ । दिन खुशीसाथ बित्नेछ । आज ठुला ब्यक्तिसँग भेटघाट हुन पनि सक्छ । खर्च भने बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नुका साथै बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय राम्रो छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज धनलाभको योग पनि छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुने सम्भावना छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज मनोरञ्जनका साथ दिन बित्ने योग छ । रमणीय र सुखद यात्रा होला । धन आर्जन हुनेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै नयाँ काम र लेनदेको कामचाहिँ शुरु नगर्नु हितकर हुनेछ । कर्मबल बढ्नेछ । इष्टमित्रको सहयोग–समर्थन प्राप्त हुनेछ ।

मकर – आजको दिन कुनै पनि कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । टाढाको यात्रा पनि नगर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुने समय छ । स्वास्थ्यमा गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष ध्यान दिनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – भागदौड बढ्नेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही दुविधा रहला, र पनि काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आरोग्यता र दाम्पत्यसुख बढ्नेछ । सोचेअनुरुप कमाइ हुने दिन छ । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।


खगेन्द्र कार्की
प्रतिक्रिया