फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । गत चैतमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।
नतिजा अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । यस्तै ३.२० देखि ३.६० सम्म ल्याउने ५५ हजार ६९ जना रहेका छन् । सबैभन्दा बढी २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २ सय ९३ रहेको छ । यस पटकको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए ।
नयाँ पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
यसैगरी निम्न वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ–
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो