फाष्ट मिडिया नेपाल संवाददाता
धनकुटा । शल्यक्रियाको क्रममा विराटनगरको सिटी अस्पतालमा निधन भएकी जहदाकी एक महिलाको शव परिवारले बुझेका छन् ।
जहँदा–४ की ३९ वर्षीया महिला सञ्जु कुमार मेहेताको शल्यक्रियाका क्रममा निधन भएपछि राति नै एम्बुलेन्समा राखेर डिस्चार्ज गर्न खोजेको घटनाले आशंका बढेको र परिवारले शव लिन नमानेको आफन्तजनले बताएका छन् ।
द्विपक्षीय छलफल पछि अस्पताल प्रशासन र मृतकको परिवारबीच सहमती भएपछि आफन्तले शव बुझेको मृतकका भाई दीलिप कुमार मेहेताले बताए ।
आइतबार किड्नीको पथरीको उपचारका लागि अस्पताल भर्ना भएकी मेहेताको डाक्टरको लापरबाहीका कारण निधन भएको भन्दै आफन्त आक्रोशित भएका थिए । सिटी अस्पतालका डाक्टर सुनिल कुमार यादवले भने बिरामीको मुटु समस्याका कारणले निधन भएको बताए । उनले यो घटनामा चिकित्सको कुनै दोष नरहको बताए ।
१५ फाल्गुण २०७९, सोमबार ११:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो