इटहरी । छ बुँदै समझदारीपत्रमा हस्ताक्षर गरी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गरिएको हस्ताक्षरमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । पार्टीको नाम राप्रपा नै रहनेछ ।
यसैगरी पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै -हलो_ कायम हुने सहमति भएको छ ।
दुई पार्टीबीचको एकीकरण पछि राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ’सम्बर्धनवाद’ नै पार्टीको वैचारिक दर्शन हुनेछ । जसअनुसार सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई मार्गदर्शक सिद्धान्त मानिनेछ ।
दुई पार्टीबीचको संगठन समायोजनका सम्बन्धमा पनि सहमति भएको छ । जसअनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ ।
राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ । यसैगरी जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
राप्रपा नेपालका जनवर्गीय संगठन -भातृ संगठन_ का पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा सम्मानजनक रूपमा समायोजन गरिने सहमति पत्रमा उल्लेख छ। एकीकृत पार्टीमा कमल थापाको भूमिका भने सहमतिपत्रमा खुलाइएको छैन ।
घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले देशमा चुनौतीहरू बढ्दै गएको भन्दै आफ्नो पार्टीले अघि सारेका एजेन्डाहरू लोकप्रिय बन्दै गएको बताए ।
‘हाम्रो एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढेको छ’, अध्यक्ष लिङदेनले भने, ‘तर त्यही ढङ्गले अव पार्टीको स्वीकार्यता पनि बढाउनुपर्ने र विचारसँग सहमत मानिसलाई यहीँ ल्याउनुपर्छ’ राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्दै आएको छ । अध्यक्ष लिङ्देनले सोही कारण सबैले जित्ने निष्कर्ष निकाल्न सबै शक्तिहरूबिच राष्ट्रिय सहमति गरेर मेलमिलापको बाटोमा लानुपर्ने बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
१६ पुस २०८२, बुधबार ०९:०६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो