इटहरी समता स्कुलले मनायो ११ औं वार्षिकोत्सव

खगेन्द्र कार्की

फामिने संवाददाता

इटहरी । समता स्कूल इटहरीले आफ्नो ११ औँ वार्षीकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सोमबार विद्यालय परिसरमा विभिन्न कार्यक्रम गरी स्कूलले आफ्नो सेवाको ११ आँै वार्षीकोत्सव मनाएको हो । 


समता स्कूलका संस्थापक उत्तम संजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर समता गायन तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । ११ वटा समता विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितामा ४० बढी विद्यार्थीहरुले प्रस्तुति देखाएका थिए । कार्यक्रममा गायन नृत्यका अतिरिक्त विद्यार्थीहरुले विविध परियोजनात्मक कार्य समेत प्रस्तुत गरेको समता स्कुल इटहरीका शिक्षक विशेष घिमिरेले जानकारी दिए ।  कार्यक्रममा समता काठमाण्डौँका प्रिन्सिपल एवम् गायक तथा संगीतकार अजय अधिकारी, गायक निर्णय श्रेष्ठ, मिस पूर्वान्चल २०११ लक्ष्मी सुब्बा लगायत विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक र विद्यार्थीहरुसहित हजार बढीको उपस्थिति रहेको थियो । २३ वर्ष अघि न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित समता स्कुलले हाल ४२ जिल्लाका ४५ विद्यालयहरुमार्फत सेवा दिइरहेको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया