मेष – आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु हितकर हुनेछ । अरुको भरपर्दा काम बिग्रन सक्छ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मित्रसुख प्राप्त हुनेछ । परिवारजनको साथ, सहयोग र शुभेच्छा हासिल गर्ने प्रयत्न गर्नुहोला ।
वृष – समयले साथ दिँदैछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लगानी बढाउन सकिनेछ । घरायसी सुख–समृद्धि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मिथुन – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला भ्रमण गर्ने मौका जुर्न सक्छ । तर आशा देखाएर धोका दिनेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – कर्मबल बढ्नेछ तर अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । आज एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । आम्दानीको तुलनामा खर्च अलिक बढी हुने समय छ, सचेत रहनुहोला । मिठो भोजन मिल्नेछ ।
सिंह – काममा केही चुनौती देखापर्न सक्छ, तर लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । पढाइलेखाइमा प्रगतिको समय छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – दौडधुप बढ्नेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ समय छ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – रोकिएको काम बन्ने समय छ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । स्वास्थ्य समस्याले केही दुःख दिन सक्छ ।
वृश्चिक – आरोग्य वृद्धि र कर्मबल बढ्ने समय छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइ तथा निकट मित्रजनको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ ।
धनु – विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान-सम्मान र पद-प्रतिष्ठा पाइने समय छ । तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।
मकर – व्यस्तता बढ्ने समय छ । सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – पराक्रम बढ्ने समय छ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले सफलता मिल्नेछ । मान बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सुख बढ्ला ।
मीन – बौद्धिक र रचनात्मक कार्य बन्ने समय भए पनि आयआर्जनमा कमी आउने सम्भावना छ तर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । मीठो भोजन मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो