दोश्रो वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिता जेष्ठ २ बाट सुन्दरहरैचा ५ मा सुरु हुने, प्रथमलाई ५१ हजार पुरस्कार राशि

दयाराम कटेल

मोरङ ।। सुन्दरहरैचा ५ मा जेष्ठ २ गते देखि दोश्रो वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सुन्दर हरैचा ५ वडा कार्यालयको संयोजन तथा बुढा सुब्बा युथ क्लब र नमूना सामुदायिक बनको सह - आयोजनामा जेष्ठ २ देखि फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। 

"हसिना सिमसार सुन्दरहरैचाको आस, पर्यटन प्रवर्द्धनका साथै खेलकुद विकास" भन्ने नारा सहित उक्त प्रतियोगिता जेष्ठ २ बाट सुरु भई १० गते सम्म चल्ने छ। प्रतियोगितामा मोरङ, सुनसरी र झापा गरी १० टिमको सहभागिता रहेको छ। 


विगतका वर्षमा जेष्ठ २ गते खेल समापन हुने गरी तालिका निर्माण गरिए पनि यसवर्ष धार्मिक तथा संस्कृतिलाई प्रवर्धन गर्न जेष्ठ २ गते साकेला उबौली पर्व तथा १० गते बुद्ध जयन्तीमा पारिएको बुढासुब्बा युथ क्लबको अध्यक्ष प्रशान्त बस्नेतले बताएका छन्। 

यस्तै नमूना सामुदायिक वनका अध्यक्ष घनश्याम न्यौपानेले बढ्दै गएको खेल प्रतिको लगावलाई प्रोत्साहान गर्न साथै हसिना सिमसार को पनि प्रवर्धन हुने भएकोमा खुसी व्यक्त गरे।

यसै गरी सुन्दरहरैचा ५ का वडा अध्यक्ष गणेश चौधरीले युवाहरु खेल क्षेत्रमा लगेर विभिन्न सामाजिक कार्य गरेकोमा उत्साहित भएको बताउँदै सुन्दरहरैचा ५ का विभिन्न ठाउँमा बसेर फुटबल खेल्ने खेलाडीहरूका लागि फुटबल कोचको व्यवस्था समेत मिलाउने जानकारी दिएका छन्। 

उक्त प्रतियोगितामा प्रथम र दृितियलाई क्रमसः ५१ हजार र ३१ हजार नगद सहित ट्रफि र मेडल पुरस्कार दिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ। साथै उत्कृष्ट किपर, डिफेन्डर, सर्वाधिक गोल गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था मिलाइएको छ। 

दयाराम कटेल
प्रतिक्रिया