जन्मिने बित्तिकै समाजबाट अस्वीकार, अस्पतालमै अमानवीय व्यवहार र जीवनभरका लागि कठिन मानिएको रोग— यिनै पीडालाई जितेर एक बालक आज विशेषज्ञ शल्य चिकित्सक ९ःऋज क्गचनभयल० बनेका छन्। लेखक मिन प्रसाद ज्ञवालीले आफ्नो आत्मकथामा उल्लेख गरेको यो संघर्षपूर्ण कथा अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ।
वि।सं। २०४६ साल आश्विन ३ गते उनका छोरा जन्मिएका थिए। परिवारमा पहिलो सन्तानको आगमनले खुसीको माहोल बनेको थियो। तर केही मिनेटमै त्यो खुसी पीडामा बदलियो। नवजात शिशुको माथिल्लो ओठ र भित्री तालु पूरै फाटेको अवस्थामा थियो, जसलाई चिकित्सकीय भाषामा “क्लिफ्ट लिप एन्ड प्यालेट” भनिन्छ। बच्चाले आमाको दूधसमेत चुस्न नसक्ने अवस्था रहेको थियो।
ज्ञवालीका अनुसार त्यतिबेला परिवारका सदस्यहरू गहिरो मानसिक पीडामा थिए। बच्चा बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको भन्दै धेरैले आशा नै त्यागिसकेका थिए। आमाको आँखाबाट निरन्तर आँसु बगिरहेको थियो भने परिवार सन्तानको जीवन जोगाउने संघर्षमा थियो।
तर पीडाको त्यो घडीमा अस्पतालभित्र भएको एउटा घटनाले उनीहरूको मन अझ गहिरो रूपमा चोट पुर्यायो। ज्ञवालीले उल्लेख गरेअनुसार, टिचिङ अस्पतालकी एक नर्सले प्रसूति वार्डमा उनकी श्रीमती एक्लै भएको मौका पारेर “अहिलेसम्म डिस्चार्ज भएर नगएर किन बसेकोरु” भन्दै नवजात शिशुलाई निर्दयतापूर्वक भुइँमा फ्याँकिदिएकी थिइन्।
उक्त घटनाले परिवारलाई भावनात्मक रूपमा गम्भीर आघात पुगेको उनले बताएका छन्। त्यतिबेला अस्पतालविरुद्ध आवाज उठाउने अवस्था वा चेतना दुवै नभएको भन्दै उनले सन्तानको प्राण जोगाउनु नै आफ्नो मुख्य उद्देश्य बनेको स्मरण गरेका छन्।
समयसँगै त्यो बालकले जीवनको कठिन यात्रा पार गर्यो। बाल्यकालदेखि युवावस्थासम्म उनले १७ पटकसम्म शल्यक्रिया गराउनुपरेको थियो। शारीरिक पीडा, सामाजिक दृष्टिकोण र मानसिक संघर्षका बाबजुद उनले अध्ययनलाई निरन्तरता दिए। अन्ततः त्यही बालक आज डा। अरुणका रूपमा विशेषज्ञ शल्य चिकित्सक ९ःऋज क्गचनभयल० बन्न सफल भएका छन्।
ज्ञवालीले छोराको सफलतालाई केवल व्यक्तिगत उपलब्धि नभई संघर्ष, धैर्य र आत्मविश्वासको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनका अनुसार यो कथा एउटा बाबुको संघर्ष, आमाको आँसु र छोराको अदम्य साहसको वास्तविक जीवनगाथा हो।
उनले आफ्नो प्रकाशोन्मुख आत्मकथा ‘पदभन्दा पौरख ठूलो’ मा यस्ता धेरै संघर्षपूर्ण र प्रेरणादायी घटनाहरू समेटिएको बताएका छन्। सामाजिक सञ्जालमा यो घटना सार्वजनिक भएपछि धेरैले डा। अरुणको संघर्षलाई प्रेरणादायी भन्दै सम्मान व्यक्त गरिरहेका छन् भने अस्पतालभित्र हुने अमानवीय व्यवहारप्रति पनि प्रश्न उठाइरहेका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो