अस्पतालको शौचालयबाट ढलमा मिसाएपछि महानगरले काट्यो पत्र

खगेन्द्र कार्की

विराटनगर । कोशी अस्पतालको शौचालयबाट निस्किने ढल सिधै नालामा खसाएको थाहा पाएपछि विराटनगर महानगरपालिकाले पत्र काटेको छ ।

सडकको नालामा ढल मिसाउनेबाट लाखौं रुपैयाँ जरिवाना असुल्दै आएको महानगरपालिकाले उस्तै प्रकृतिको घटनामा भने पत्र काटेर झारो टार्ने काम मात्रै गरेपछि विवादित समेत बनेको छ । महानगरपालिकाले कोशी अस्पतालको शौचालयबाट निस्किने फोहर व्यवस्थापनको लागि २० दिनको समयसीमा दिएर पत्र पठाएको बुझिएको छ ।

महानगरपालिकाले पत्र लेखेर मंसिर मसान्तसम्म अस्पतालबाट निस्किने फोहर व्यवस्थापन नभए फोहर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढने जानकारी गराएको हो । ‘कोशी अस्पतालको फोहरमैला तथा शौचालयबाट निस्कने फोहरका विषयमा विभिन्न संचार माध्यमले समेत विषय उठान भएको हुंदा अस्पतालबाट निस्कने विविध प्रकारका फोहर तथा शौचालयबाट निस्कने फोहर व्यवस्थापन गर्न र नाला तथा सार्वजनिक स्थानमा विषर्जन नगर्न/नगराउन अनुरोध गर्दछु । अतः २०८१ मंसिर मसान्त सम्ममा दुवै प्रकारका फोहर व्यवस्थापन नभएमा फोहर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहिको प्रकृया हुने व्यहोरा समेत अनुरोध छ,’ महानगरपालिकाले अस्पताललाई काटेको पत्रमा उल्लेख छ  ।

महानगरपालिकाका प्रमुख नागेश कोइराला सञ्चालक समितिका सदस्य भएकै कारण कोशी अस्पतालले कयौं महिनादेखि सडक नालामा शौचालयको फोहोर बगाउँदा कुनै कारवाही गर्न चासोसमेत देखाएको थिएन । महानगरपालिकामा शौचालयबाट निस्किने फोहरजन्य बस्तुको अनुगमन बातवरण तथा विपद व्यवस्थापन समितले गर्दछ । यसअघि अनुगमनको क्रममा शौचालय जन्य फोहर नालामा सिमाएको भेटिए सम्बन्धित निकायलाई सिधै जरिवना गर्दै आएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया