पाँचथरमा चट्याङबाट फर्ममा पालेका झण्डै पाँच दर्जन भेडा मरे, पहिरोले अरुण नदी नै थुनियो

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा रहेका भेडा मरेका हुन् ।

चट्याङ लागेर भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेपछि फालेलुङ स्वास्थ्य चौकीमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख ९डीएसपी० हरि खतिवडाका अनुसार भेडा मर्दा किसानलाई १५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।

यसैगरी सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । आयोजनाको निर्माणस्थल नजिक मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको बताइएको छ ।

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि नदी थुनिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । नदि थुनिएपछि आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ ।

टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको बताइएको छ । अरुण नदीको वहाब परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुनेछ । आइतबार बिहानबाट सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया