खेलकुद मन्त्ती लिम्बु फेरी पुगे धनकुटा

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । यूवा तथा खेलकुद मन्त्री तथा कांग्रेस नेता डिग वहादुर लिम्बु दोस्रो पटक मंगलबार धनकुटा आएका छन् । लिम्बुलाई धनकुटामा दोस्रो पटक भव्य स्वागत सहित भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

मन्त्री लिम्बुलाई धनकुटामा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, उपसभापति सुनिल कुमार  डंगोल, सचिव विजय सन्तोषी राई, लोकतान्त्रिक खेलकुद संघ धनकुटाका अध्यक्ष शम्भु प्रधान, नेपाली कांग्रेस धनकुटा वडा नं. ७ का सचिव उर्गेन शाक्य, क्षेत्रिय प्रतिनिधि सुमन गुरागाई,लगायतले स्वागत गर्दै भेटघाट  गरी धनकुटामा खेलकुदको विकासका लागी विशेष योजना ल्याउन माग गरेका छन् । 

मन्त्री लिम्बुले आफु मन्त्री भएपछी खेलाडीहरुलाई पुरस्कार दिन नीति बनाएको र राष्टिय गौरवका आयोजना विराटनगर लगायतका तिन स्थानमा अत्याधुनिक खेल मैदान निर्माण गर्ने निर्णय गरी कार्यन्वयन गर्न शुरु गरिएको भेटघाटका क्रममा बताए ।  धनकुटामा पनि खेलकुदको विकासका लागी बजेट बिनियोजन गर्ने  यूवा तथा खेलकुद मन्त्री लिम्बुले बताए । मन्त्री लिम्बु मंगलबारै धनकुटामा नेपाल सम्वतको अवसरमा आयोजना गरिएको मोटर साईकल ¥यालीको समापन कार्यक्रममा समेत सहभागी  भई भेटघाट गरी शुभ कामना दिएका थिए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया