इटहरी। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला माइती नेपाल सुनसरीले महिला हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
माइती नेपाल परामर्श तथा पुनर्स्थापना गृह सुनसरीको आयोजनामा तथा इलाका प्रहरी कार्यालय इटहरीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न रूपका हिंसाबाट पीडित ४५ जना महिलाहरूको सहभागिता रहेको थियो।
२५ नोभेम्बरदेखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई अझ प्रभावकारी बनाउँदै प्रविधिको सही सदुपयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको माइती नेपाल सुनसरीकी कार्यक्रम संयोजक सुनिता काकीले जानकारी गराइन्।
इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीकी सहि कृष्ण अधिकारीले सहभागीहरूलाई हिंसा के हो, हिंसा भएमा के गर्ने, कहाँ जाने, कसरी सहयोग पाउने भन्ने विषयमा विस्तृत अभिमुखीकरण गरिन्।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत संगीता पोखरेल, महिला सशक्तीकरण समूहकी अध्यक्ष राधा कटुवाल, इटहरी–२० की वडा सदस्य कुमारी विश्वकर्मासहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियाे ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो