आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच चार बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज चार बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति पछि आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ ।
नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ। संघले शनिबार विज्ञप्ति निकाल्दै एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो