इटहरी । तीज तथा जितिया पर्वको अवसरमा पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिले अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले योग भवन निर्माणका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरिने जानकारी गराएका छन्।
पतञ्जली याेग समीती नेपाल इटहरी उपमहानगर समीतीकाे अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएकाे कार्यक्रममा मेयर पौडेलले स्वास्थ्यप्रति सचेत समाज निर्माणका लागि योग अभ्यास अत्यावश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यस अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “समाजको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको यो अभियानमा नगरपालिकाको साथ सदैव रहनेछ।”
कार्यक्रममा वक्ताहरुले योग अभ्यासलाई दैनिक जीवनशैलीमा अंगीकार गर्न सकेमा महिलाको सशक्तिकरण मात्र नभई सम्पूर्ण समाजको स्वास्थ्य र मानसिक सन्तुलनमा टेवा पुग्ने धारणा राखे।
पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, महिला सहभागिता समूह र योग साधकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो