आजको पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र २८ गते (तद्अनुसार सन् २०२३ अप्रिल ११ तारिख) मंगलबार

खगेन्द्र कार्की


आजको राशिफल

मेष – दिन शुभदायी छ । धन आर्जनको अवसर मिल्ला । बोली र व्यवहारले अरुको मन जित्न सक्नुहुनेछ । तथापि, मनमा अनावश्यक रूपमा उत्पन्न भएका खराब विचारहरूले विचलित गराउन सक्ने योग पनि रहेकोले सचेत रहनु हितकर होला । साहसिक काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । व्यस्तता बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन तपाईंको कामको उच्च मूल्याङ्कन हुनाले मन प्रफुल्लित रहला । कुनै विशेष खुशीको समाचार सुन्न पाइने योग छ । बोलीको कदर हुनेछ । रोकिएको काम बन्न सक्छ । प्रेमभाव वृद्धि हुने र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण र उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र एवम् प्रेमीप्रेमिकाको मिलन हुने सम्भावनाका साथै सहयोगीहरूले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका कामहरु बन्नेछन् । ऐश्वर्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – आज बोली र व्यवहारमा विशेष सचेतना अपनाउनु हितकर होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा आज थप लगानी नगरेकै राम्रो । यात्राको योजना छ भने स्थगित गर्नु हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यसका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह – पारिवारिक समस्या आइपर्न सक्ने समय छ । विश्वास गरेका व्यक्तिबाटै विश्वासघात हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य सामान्य कमजोर हुने र चोटपटकको भय पनि छ । तथापि, साहस बढ्नेछ । यात्राको योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या – सफलतादायी समय छ । पठनपाठनमा प्रगति हुने र नसोचेका कामहरु बन्ला । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता देखापर्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । समय मनोरञ्जनपूर्ण रहला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – शुभ काममा आकर्षण बढ्ने समय छ, तर सोचेअनुसार कर्म गर्ने सवालमा त्यति अनुकुल नरहन सक्छ । सानातिना काममा समय व्यतीत होला । महत्वपूर्ण कार्यमा बाधा–अडचन आउने योग छ । विवादमा फस्नुबाट बच्ने विशेष प्रयत्न गर्नु हितकर हुनेछ । तथापि, आत्मविश्वास कायम रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आयबल र आरोग्यबल बढ्नेछ । समय उत्साहप्रद देखिन्छ । व्यापारमा लाभ हुने समय छ । तपाईंको प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । आयस्रोत बढ्ला । पारिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त होला । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – कर्मबल बढ्ने समय छ । आजको दिन यात्राको योग छ, तर यात्रा फलदायी नरहला । आर्थिक विषयले चिन्ता जगाउन सक्छ । आलोचना गर्नेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आजको दिन त्यति शुभदायी नरहने देखिन्छ । आलस्यता जाग्ला । स्वास्थ्य पनि सबल नरहला । आफ्नै विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया