इटहरी । पर्यटन क्षेत्रहरुको समस्या समाधन र सुरक्षाको प्रत्याभुत गराउने उद्देश्यले प्रदेश पर्यटन प्रहरी निर्माण गर्न लागिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वताएका छन् ।
धनकुटाको पर्यटकीय स्थल भेडेटारमा स्काईवाक परियोजनाको समुद्धघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन्प । पर्यटकहरुलाई आकर्षण गर्ने कोशी प्रदेशमा धेरै कुराहरु छन् । तिनजुरे, खुवालुङ, वर्जु ताललगायत पहाड र तराईका पर्यटकीय क्षेत्रहरुको संरचना विकास प्रर्वद्धन गर्ने उद्देस्यले पर्यटन वर्ष मनाउने तयारीमा कोशी प्रदेश सरकार लागिरहेको समेत मुख्यमन्त्री कार्कीले जानकारी गराए ।
यस परियोजना अन्तर्गत सिसामा हिंड्ने पुल ४१ मिटर लम्बाई र २ मिटर चौडाईको साढे १८ मिटर अग्लो भ्यु टावरमा तयार भएको स्काईवाकमा प्रयोग भएको सीसा करीव ३३ मी.मी. रहेको साथै निकट भविष्यमा जीप लाइन बन्जी तथा फ्री फल समेत संञ्चालनको तयारी गरिने पनि मुख्यमन्त्री कार्कीले बताए । करीव २० करोड रुपैयासम्मको लगानी योजना अन्तर्गत हाल काम भईरहेको परियोजनाले प्रत्यक्ष २० जनालाई अप्रत्यक्ष १०० जनालाई रोजगारी दिने आयोजकको आँकलन रहेको छ ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो