अहिले बसन्त ऋतु चलिरहेको छ । असोजदेखि देशभर सामान्य तापक्रम घट्दै जाडोको स्वागत हुँदै पुस र माघ अत्याधिक चिसोको महिनामा रुपान्तरित हुने गर्दछ । पछिल्लो समयमा तापक्रममा उतारचढाव आइरहेको छ । कुनै दिन ह्वात्तै जाडो हुने, तुषारो पर्ने र फेरी गर्मी बढ्ने प्रवृत्ति वातावरणीय जलवायु परिवर्तनको असर परेको देखिन्छ । जलवायु परिवर्तनको यो अवस्थालाई ठिक नगरुनजेल वातावरण पहिलाको जस्तो हुन निकै कठिन देखिन्छ । पुस १७ गते अन्तर्राष्ट्रिय नयाँ वर्ष अर्थात् इस्वीसम्बत फेरिएको दिनबाट निकै चिसो बढ्यो तर त्यो केही दिन रह्यो अनि फेरी गर्मी महसुस गराएको छ । तथापि आउने दिनहरु निकै चिसो हुने मौसमविद्हरुले बताइरहेका छन् ।
त्यसै पनि मौसम परिवर्तन हुनासाथ बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई निकै असर पु¥याएको हुन्छ । यसतर्फ सचेत र सतर्कता अपनाउन मौसमविद, चिकित्सकहरुलाई आम नेपालीको ध्यानाकर्षण गराईरहेका छन् । जलवायु परिवर्तनको असर हिमालमा मात्र होइन तराईको तापक्रममा पनि देखिन थालेको छ । त्यहीकारण तपाईमा शीतलहर पर्ने र चिसो बढेर जनजीवन कष्टकर हुने क्रम प्रत्येक वर्ष बढ्दैछ । यसले पहाड, तराई, उपत्यकामा चिसोले कष्ट थप्ने गरेको छ । यो मौसममा खासगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगका लागि ज्यादै असहज हुन्छ ।
विपन्न वर्गका निम्ति यो चिसो मौसम निकै कष्टकर र चुनौतिपूर्ण हुने गर्दछ । मानिस त चेतना भएका कारण चिसोबाट जोगिने उपाय अपनाउन सक्छन्, तर घरपालुवा पशुपन्छीलाई जोगाउन निकै गाह्रो हुन्छ । ग्रामीण भेगमा अहिले पनि चिसोबाट बच्न दाउरा र गुइँठा बाल्नुपर्ने बाध्यता छ । यसले घरभित्र काम गर्ने महिला र बालबालिका वायु प्रदुषणको शिकार हुने गरेका छन् । शहरी क्षेत्रमा इन्धनबाट निस्कने धुँवा, विद्युतीय सामग्री हिटरको प्रयोगले कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जन हुन्छ, जसले वायुमण्डल नै प्रदूषित हुन्छ ।
मौसम परिवर्तन भएको छ । गर्मीबाट चिसो मौसम भित्रिएको छ । खास गरेर ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई चिसोबाट बचाउन निकै सकस पर्दछ । चिसोबाट हुने र बढ्ने खतरा त छँदै छ । यो चिसोको समयमा मौसमी स्वास्थ्य समस्याले झनै सताउने गर्दछ । मौसम परिवर्तन भएर चिसो बढेसँगै अहिले धेरैलाई रुघाखोकी लाग्न थालेको छ । सामान्य कुरामा समेत ख्याल गरिएन भने हामीलाई चिसोले सताउँछ । मौसम फेरिँदा रुघाखोकी लाग्नु सामान्य भए पनि यसमा ख्याल गरिएन भने स्वास्थ्य अवस्था जटिल बन्न सक्छ । सामान्य रुघाखोकी त हो नि भनेर हामीले हेलचेक््रयाइँ गरेको अवस्थामा निमोनियासमेत नहोला भनेर भन्न सकिँदैन । हामीले हाम्रो आहारबिहारमा ध्यान पु¥याउन सकियो भने चिसोबाट सजिलै जोगिन सकिन्छ ।्
चिसो मौसमका कारण हुने मौसमी रmघाखोकी तथा अन्य भाइरसजन्य सङ्क्रमणबाट जोगिन हामीले स्वास्थ्य सावधानी अपनाउनु नै उपयुक्त हुन्छ । हामीले हाम्रो खानपान तथा दैनिक जीवनमा थोरै मात्रामा सावधानी अपनाउन सकियो भने पनि हामीलाई मौसमी रुघाखोकीबाट छुटकारा मिल्न सक्छ । मौसमी रुघाखोकीबाट जोगिनका लागि हामीले दैनिक रुपमा पानी उमालेर खाने, चिसो खाने कुराको सेवन नगर्ने, बाक्लो तथा चिसो नछिर्ने खालका लुगाहरु लगाउने गर्नु नै उपयुक्त हुन्छ । खानामा समेत झोलिलो तथा स्वास्थ्यवद्र्धक खानेकुरा खान सकियो भने चिसोको कारण हुने सङ्क्रमणबाट हामी सजिलै जोगिन सक्छौँ ।
चिसोबाट जोगिन घरमै बस्न र निस्कनै परे न्यानो लुगा लगाउन चिकित्सकहरुले सुझाव दिएका हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा र बालबालिका, गर्भवती र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । प्रोटिनयुक्त खाना, तातो र झोलिलो खानेकुरा सागसब्जी बढी खानुपर्ने यो मौसममा सकेसम्म घाम ताप्नुपर्ने हुन्छ । तर, यस्तो सतर्कता र उपाय सबैका लागि सम्भव हुँदैन । खासगरी विपन्न वर्गका लागि उनीहरुको जीवन रक्षाका लागि स्थानीय सरकारले न्यानो कपडा र सुरक्षित बासको प्रबन्धमा ध्यान दिनुपर्छ । अनि मात्र चिसोजन्य समस्याको समाधान सहज हुन्छ । सर्तकतासँगै जलवायु परिवर्तनको कारक तत्वमाथि पनि उत्तिकै ध्यान दिन जरुरी देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो