पाठकको पुर्पुरो : वि.सं. २०८१ श्रावण ३० गते (तद्अनुसार सन् २०२४ अगस्त १४ तारिख) बुधबार – सबैका लागि दिन शुभ रहोस्

फामिने ज्योतिष

मेष – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सावधान रहनु हितकर होला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने योग छ । नोकरी तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छ । अन्य दृष्टिले दिन राम्रै छ ।

वृष – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ भने नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको योग छ । स्थायी सम्पत्तिमा केही विवाद आउने देखिन्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन् । टाढिएका आफन्तसँग पुनर्मिलन हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ ।

मिथुन – मंगलमय कर्म सम्पादन तथा सामाजिक दायित्ववहनमा दिन गुज्रनेछ । बौद्धिक पक्षमा लाभ मिल्ने देखिन्छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । आजको दिन सवारीसाधन एवम् हातहतियारको प्रयोग विशेष सावधानीसाथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने योग छ ।

कर्कट – केही चुनौतीयुक्त समय छ । आजको दिन घर-जग्गा तथा सम्पतिसम्बन्धी विषयमा विवाद पर्नसक्ने योग रहेकोले यस्ता मामलामा सचेत रही व्यवहार गर्नु उचित होला । मातृ-स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

सिंह – परोपकारका कार्य गरिने एवम् व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इगो प्रदर्शन गर्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण प्राप्त भएको अवसरसमेत गुम्न सक्छ । खानपानमा विशेष सजग रहनु हितकर होला ।

कन्या – काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । विद्यार्थी वर्गको लागि विशेष प्रगति होला । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने योग रहेको छ ।

तुला – शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । सहयोगीको राम्रो साथ मिल्ला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, तर घरमा सामान्य मनमुटाव हुने देखिन्छ । तपाईंको काममा अरूले अधिकार जमाउने चेष्टा गर्नसक्छन् । केही दण्ड-जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण बस्तु गुम्ने योग छ, सचेत रहनुहोला ।

वृश्चिक – परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिने समय छ । आयआर्जनमा कमी आउने तथा घरखर्च बढ्ने देखिन्छ । अनावश्यक खर्च र ऋणभार बढ्ने योग रहेकोले सावधान रही व्यवहार गर्नुहोला । स्वास्थ्यसम्बन्धी समस्याले केहीमात्रामा सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । कठोर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

धनु – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । नोकरीमा पदोन्नति, व्यापार-व्यवसायमा फाइदा हुने योग छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम बिग्रन सक्छ ।

मकर – धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रशन्नता मिल्नेछ ।

कुम्भ – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योग छ । बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, सजग रहनुहोला ।

मीन – निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीको तुलनामा न्यून उपलब्धि हासिल हुने समय भएपनि आजको दिन विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइएला । अरूको उक्साहटमा लाग्नाले हानी हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ, सचेत रहनुहोला ।

फामिने ज्योतिष
प्रतिक्रिया