काठमाडौँ । गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ । जेनजी आन्दोलनका क्रममा अहिलेको गृह मन्त्रालय बसेको भवन ध्वस्त भएको र सो मन्त्रालय राख्ने उद्देश्यका साथ यसअघि नै बनाइएको नयाँ भवन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गर्नुपर्ने भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा सार्न लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको थियो । हाल प्रयोगमा आइरहेको गृह मन्त्रालयको भवन पनि प्रयोग गर्न अयोग्य हुनेगरी ध्वस्त भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यहाँ सार्न लागिएको हो । यसअघि पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा परराष्ट्र मन्त्रालय सार्ने भनिएको थियो ।
तर, भदौ २४ गतेको आन्दोलनका कारण गृह मन्त्रालय ध्वस्त भएकाले अब गृह मन्त्रालय सार्न लागिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले अहिले मन्त्रालय बसेको भवन प्रयोगका लागि अयोग्य हुनेगरी ध्वस्त भएको जानकारी दिए । नयाँ भवनमा सार्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरिरहेको जानकारी प्रवक्ता काफ्लेले दिए ।
गृह मन्त्रालयले अहिले सुरक्षा समन्वय महाशाखा अन्तर्गतको ‘कन्ट्रोल रुम’ भने मन्त्रालय रहेको भवनको भग्नावशेषबाट चलाइरहेको छ । मन्त्रालयको यो शाखाले मुलुकभरको सुरक्षा अवस्थाको मनिटरिङ गर्ने काम गर्छ ।
मुलुकको विषम परिस्थितिका कारण अप्ठ्यारोमा परेका स्वदेशी र विदेशीको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थापन गर्ने काम पनि यही शाखाले गर्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो