उपनिर्वाचनमा ठूला दलप्रति जनताको देखिएन आकर्षण

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । आइतबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । तनहुँमा डा. स्वर्णीम वाग्ले अत्याधिक मतका साथ अगाडि हुनु भनेको जीत सुनिश्चित भए झै भएको छ । यता चितवनमा पनि रास्वपाका अध्यक्ष रवि लामिछाने १५ सय मतका साथ अगाडि बढिसकेका छन् । पहिला एक पटक जितिसकेको र त्यसपछि एउटा व्यक्तिमाथि दल तथा सरकारले देखाएको रवैयाका कारण यस पटक अत्याधिक मतका साथ विजय हुने आँकलनलाई पुष्टि गर्न उनी अगाडि लागिसकेका शुभेच्छुक बताउँछन् ।  इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएङ्का छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन् ।

यता बारामा पनि ठूला दलका ठूला ठूला गठबन्धनबीचमा घात, अन्र्तघात र प्रतिष्पर्धाले मत काटिएर अन्तमा रास्वपाकै तेस्रो स्थानमा रहेका रमेश खरेलले नजित्लान भन्न सकिन्न भन्ने अपेक्षा शुभचिन्तकको छ । सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार उपेन्द्र यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया