वैशाखदेखि ब्याजदर एकल अङ्कमा झार्ने बैंकर्स संघको निर्णय

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

विराटनगर । आगामी वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अङ्क अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय भएको छ। बुधवार बसेको बैंकर्स सङ्घको बैठकले यस्तो निर्णय गरेको हो ।

मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको सङ्घले जनाएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।

यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेका बैङ्कहरूले कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको सङ्घको भनाई छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया