राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले पठाईन तीन मन्त्रीको नाम

दयाराम कटेल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ३ मन्त्रीको नाम राष्ट्रपतिको कार्यालय पठाएकी छन् । कार्कीले आइतबार ढिलो गरी उनीहरुको नामा पठाएकी छन् ।

स्रोतका अनुसार आइतबार ढिलो भइसकेका कारण मन्त्री नियुक्ति र सपथ ग्रहणको काम भोलिका लागि सारिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थमन्त्रीका रुपमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जामन्त्रीका रुपमा कुलमान घिसिङ र गृह मन्त्रीका रुपमा ओमप्रकाश अर्यालको नाम पठाइएको छ ।

घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन् । यसैगरी शर्मा बालेनका सल्लाहकार हुन् । राष्ट्रपति, प्रदर्शनकारी युवा र प्रधानसेनापतिको बैठकमा उनैले बालेनको प्रतिनिधित्व गरेका थिए ।

यता प्रदर्शनकारीले राष्ट्रपति भवन शितल निवास आगजनी गरेका कारण भोलिको सपथ टेन्ट टाँगेर गराइने तयारी छ ।

दयाराम कटेल
प्रतिक्रिया