इटहरी । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। सामाजिक सञ्जालमा अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै उनले शुभकामना दिएका छन्।
उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा श्रीमती सुशीला कार्कीलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’
शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई शपथ दिलाएका थिए।
मंगलबार र बुधबार भएको युवाहरूको आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार ढलेपछि देशले अन्तरिम सरकार पाएको हो। नयाँ सरकारले आगामी ६ महिनाभित्र निर्वाचन गर्नेछ। आउँदो फागुन २१ गते निर्वाचन मिति समेत तोकिएको छ।
खगेन्द्र कार्की
२८ भदौ २०८२, शनिवार १०:०२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो