महिला वचत तथा ऋण सहकारी संस्था इटहरीको रक्तदान कार्यक्रम: ९५ प्रिन्ट रगत संकल

फाष्ट मिडिया नेपाल संवाददाता

काजल मेहता । सुनसरी । महिला वचत तथा ऋण सहकारी संस्था इटहरीको आयोजनामा उपमहानगरपालीको अगाडी भएको रक्तदान कार्यक्रममा ९५ प्रिन्ट रगत संकल भएको छ। 

संस्थाको स्थापनाकाल देखी नै वार्षिक योजना अन्तरगत प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको साथै ५ जना भन्दा वढि रक्तादाता संकलन गर्न सहयोग गर्ने व्याक्तिहरुलाई संस्थाको स्थपनाको अवसरमा सम्मान गरीने, संस्थाको ६ वटा साखाहरु रहेको र साखाको प्रतिनिधीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु समाजका व्याक्तिहरुको कार्यक्रममा सहभागीता रहेको संस्थाको अध्यक्ष मुना तिम्सीनाले जानकारी दिएकी छन् ।

महिला वचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य सीवीर, वातावरण सरसफाई, जेष्ठ नागरीक जनचेतनाका विषयमा काम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेटक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो। संकलन भएको रगत रक्त सञ्चार केन्द्र धरानमा हस्तान्तरण गरिएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया