पाठकको पुर्पुरो ः वि.सं. २०८१ मार्गशीर्ष १८ गते (तद्अनुसार सन् २०२४ दिसेम्बर ३ तारिख) मंगलबार ।

फामिने ज्योतिष

मेष – आजको दिन अरूका लागि महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । कल्पना नगरिएको कुरामा यदि आकस्मिक अवसर आउँछ भने त्यसमा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला । अन्य दृष्टिले समय राम्रै छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । आयआर्जन राम्रै हुनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ध्यान पुऱ्याउनु हितकर होला । मनोरञ्जनात्मक यात्रा पनि हुन सक्छ । रसरागमा आकर्षण रहनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ ।

मिथुन – सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने समय छ । कृषि-चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन गर्ने मौका मिल्ने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ भने ब्यापार-ब्याबसायमा राम्रै होला । साझेदारीको काम बन्नेछ । आँट-पराक्रम बढ्नेछन् । तर, पढाइलेखाइमा भने समय दिन नसकिएला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – आजको दिन स्वास्थ्यगत कमजोरीले कार्यसम्पादनमा असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा विवाद या झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सावधान रहनुहोला । रुपैयापैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुने समय छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्ति हुने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – मिश्रित फलदायी समय छ । काम बिग्रने डरले सताइरहला । अरुलाई बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ध्यान राख्नुहोस् । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्नसक्छ । विशेषरूपले व्यापार-ब्यवसायमा रहनेलाई भने राम्रै फाइदा हुने योग छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हातपर्ला । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन होला । तीर्थाटनको अवसर प्राप्त हुने योग छ । परिणामदायी कर्ममा व्यस्तता वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पराक्रम वृद्धिका साथै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – लगानीको तुलनामा परिणाम हासिल नहुने तथा मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । भौतिक साधनको खराबीले लक्ष्य प्राप्तिमा फरकपर्ने सम्भावना छ । स्वास्थ्य कमजोर रहने देखिन्छ, ध्यान राख्नुहोला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । शत्रुपक्ष कमजोर रहलान् ।

धनु – आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन-पाठनमा प्रगति होला । तथापि, काम बिग्रने डरले यत्तिकै सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्ने सम्भावना छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट काम बनाउन सकिने योग छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा ज्यादा चासो लिँदा विवादमा परिने योग छ, सजग रही व्यवहार गर्नुहोला । असावधानीले धन खर्च हुन सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दिन चुनौतीयुक्त छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यगत कमजोरीले पनि खिन्नता बढाउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले अत्यन्त सजगताको दरकार छ । हाकिम तहबाट कडिकडाउको सिकार भइएला । तथापि, सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ ।

फामिने ज्योतिष
प्रतिक्रिया