बिर्तामोडमा आयोजित खुल्ला रक्तदानबाट १०१ पिन्ट रगत संकलन

फाष्ट मिडिया नेपाल संवाददाता

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार जिल्लाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बिर्तामोडका सामाजिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षारोपण गरिएको छ ।
दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए ।  बिर्तामोड नगरपालिकाकी प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईले बताए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया