फाष्ट मिडिया नेपाल संवाददाता
बेलबारी (मोर) । मोरङको बेलबारीमा जलाउँदै गरेको शव बाढीले बगाएपछि मलामीको भागाभाग भएको छ । शनिबार दिउँसो बेलबारी नगरपालिका–३ की लीला माया कोइरालाको शव अन्तिम दाहसंस्कारका लागि लोहान्द्रा खोला जलाउँदै गर्दा आएको बाढीले शव बगाए पछि मलामीको भागाभाग भएको हो ।
दागबत्ती दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग मलामीजनले बताए ।
बाढीले बगाएको शव प्रहरी र स्थानीयले खोजेर आफन्तलाई जिम्मा लगाएका थिए । त्यसपछि पुनः अन्तिम संस्कार गरिएको थियो ।
दाहसंस्कारका गर्दै गर्दा शव बाढीले बगाएपछि यतिबेला बेलबारीमा स्थानीय सरकारप्रति चर्को विरोध जनाइरहेका छन् । व्यवस्थित घाट नभएका कारण घटना घटेको स्थानीयको आरोप छ ।
यता बेलबारीका नगर प्रमुख दीलप्रसाद राईले अन्तिम संस्कार गरिरहँदा बाढीले शव बगाएको अत्यन्त दुखद् खबरले मर्माहत बनाएको भन्दै घाट बनाउन बजेटको व्यवस्था गरेको बताएका छन् ।
राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यो आर्थिक वर्षमा घाट निर्माण गर्नका लागि ७० लाख बजेट विनियोजना भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सबैको सहभागितामा योजना सफल गरेर फेरि यस्तो घटना रोकौँ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना ।’
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो