स्वदेश फर्किने आशमा अझै भूटानी शरणार्थीहरु, प्रधानमन्त्रीालाई बुझाए ज्ञापनपत्र

खगेन्द्र कार्की

दमक/ तीन दशक बढी समयदेखि शरणार्थीको रुपमा नारकीय जीवन बिताउन बाध्य भएका भुटानी नागरिक घर फर्कने आश अझै मरेको छैन । उनीहरुले आफूहरुकोे स्वदेश फर्किने अधिकारलाई पूरा गराउन सम्बन्धित निकायसँग माग दोहो¥याएका छन् ।

भूटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समितिले संयुक्त रुपमा आयोजना गरेको स्वदेशफिर्तीका लागि ध्यानाकर्षण कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा झापाकोे दमकस्थित बेलडाँगी शिविरमा ¥याली निकाली आफूहरुको स्वदेश फर्किने व्यग्र चाहनालाई मानव अधिकारका रुपमा पूरा गराउन माग अघि सारेका हुन् ।

शरणार्थीका संख्यामा होइन, समस्यामा ध्यान देउ, हाम्रो देश प्राणभन्दा प्यारो छ, दर्ता गर्न छुटेका शरणार्थीको अबिलम्ब दर्ता गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर ¥यालीले शिविर परिक्रमा गरेको थियो । कतिपय भूटानको राष्ट्रिय पोशाकमा समेत उपस्थित भएका थिए । कार्यक्रममा भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले शरणार्थीको स्वदेश फर्किन पाउने मानव अधिकार पूरा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय नेता केपी सुवेदीले पनि भूटानीहरुको स्वदेश फर्किने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बासहितले स्वदेशफिर्तीका पक्षमा मन्तव्य दिएको कार्यक्रममा सहभागी दिल भूटानीले बताएका छन् । उता, मोेरङको पथरी शनिश्चरे शिविरमा पनि कार्यक्रम गरिएको छ ।

भुटानी नागरिकको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली गृहनगर झापा काएको बखतमा उनीहरुले भुटान फर्कने वातावरण बनाईदिन आग्रहसहितको ज्ञापनपत्र समेत बुझाएको बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार पूर्वी नेपालका २ वटा भूटानी शरणार्थी संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शरणार्थीहरुको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

अचानक नेपालको भ्रमणमा आएका भुटानका राजालाई आफुहरुले भेट्न नपाएकोमा उनीहरु दुःखी भएको पनि बताएका छन् । 

देशफिर्तीको ठोस पहल हुननसक्दा हालसम्म अमेरिका लगायत अन्य ८ देशमा १ लाख १३ हजार ५ सय भूटानी शरणार्थी पुनर्वास भएका छन् भने हाल तेस्रो मुलुक पुनर्वासको कार्यक्रम समेत बन्द गरिएको छ । पुनर्वासको लागि तेश्रो मुलुक समेत बन्द भएको हुँदा उनीहरु अत्यन्तै कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

स्वदेश फर्किने दर्विलो पहल हुन नसक्दा शिविरमा रहेका १ लाख १३ हजार ५ सयको संख्याका भूटानीहरुलाई अमेरिकासहितका ८ वटा देशमा पुनर्वास गराइएको छ । स्वतन्त्रता र मानवअधिकारको आवाज उठाउँदा भूटान सरकारबाट लखेटिएकामध्ये ७ हजारको हाराहारीमा बेलडाँगी र पथरी शनिश्चरे शिविरमा बसिरहेका छन् । दातृ संस्थाहरुबाट हुँदै आएको राहत सहयोग पनि बन्द भएपछि उनीहरु अप्ठ्यारोमा जीवन विताउन वाध्य छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया