एमाले नेतृत्व सर्वसम्मत चयन गर्न कार्यकर्ताको आग्रह, निर्वाचन तालिका सार्वजनिक

खगेन्द्र कार्की

काठमाडौको भृकुटी मण्डपमा नेकपा एमालेको ११ औ महाधिवेशनको वन्दशत्र चलि रहँदा कार्यक्रम स्थल बाहिर समेत कार्यकर्ताहरुको बाक्लो उपस्थित देखिन्छ । नेताहरुले अध्यक्ष देखि अन्य पदमा आ–आफ्नो दावी प्रस्तुत गरि रहँदा कार्यकर्तामा भने सके सम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने अपेक्षा छ ।

देशको राजनीति जटिल मोडमा पुगेका बेला नेकपा एमालेको महाधिवेशन चलि रहेको छ । अन्य राजनीतिक दलहरुलाई ठुला सभा र कार्यक्रमहरु गर्न कठिनाई भई रहेका बेला एमालेले हजारौ कार्यकर्ताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गरेको हो । उद्घाटन सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरीक एकता र कार्यकर्ताहरु विच समेत दर्विलो विश्वास कायम रहनु पर्छ भन्ने जोड दिएका थिए । नेताहरु बन्दशत्रको हलमा छिरेका बेला कार्यकर्ताहरुले पनि नेताहरुलाई यहि भनि रहेका छन् । महाधिवेशन स्थलमा भेटिएका ईलामका दिनेश ढकाल 

भन्छन्, नेताहरुले राष्ट्रिय समस्या बुझेकै होलान्, ति सवै समस्या समाधान एमालेलेनै गर्छ भन्नेमा नागरिक ढुक्कछन् । त्यसैले राष्ट्रिय समस्या समाधानको नेतृत्व गर्ने दलको नेतृत्व पनि सोहि अनुसारको बन्नुपर्छ । 

उनको जस्तै धारणा छ, काभ्रेका कुमार ढकालको पनि । उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नेताहरुलाई सुझाव दिएका छन् । पार्टी भित्रको आन्तरीक एकता बलियो पार्ने र मुलुक सामु देखा परेका समस्याहरुलाई समेत समाधान गर्न सक्ने नेतृत्व चयन होस् भन्ने उनको अपेक्षा छ ।

देशको राजनीति जटिल मोडमा पुगेका बेला शुरु भएको महाधिवेशनले कार्यकर्ताहरुमा उत्साह पनि जगाएको बाराबाट आएका दामोदर मैनालीले बताए । महाधिवेशन नेता कार्यकर्ताको भेटघाट र जमघट मात्र नभएकाले देशका सवै समस्याहरुको पहिचान गरि त्यसलाई समाधान गर्ने र पार्टीलाई थप बलियो बनाउने नेतृत्व चयन हुनु पर्ने उनको धारणा छ ।

कार्यकर्ताको अपेक्षा अनुसार नेकपा एमालेले बन्द शत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्ला कि नगर्ला त्यो त पर्खनै पर्छ । तर देशको राजनीतिक परिस्थितिनै जटिल मोडमा पुगेका बेला आयोजना भएको महाधिवेशनले भने पार्टीको मात्रै होईन, समग्र राजनीतिमा देखा परेका समस्या समाधान गर्न सक्ने नेतृत्व चयन हुनु पर्छ भनेर कार्यकताहरुले जोड दिई रहेका छन् ।

निर्वाचन तालिका प्रकाशन

 नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए ।

सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । सोमबारनै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सुब्बाले बताए । पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया