जनताले पञ्चरन्नो पाउन छोडे, विमानस्थलबाट भने किलो का किलो सुन बरामत

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । सुनको मूल्य अकाशिएका बेला फेरी एक किलो बढी सुनसहित एक भारतीय महिला फक्राउ परेकी छन् । सुनको मूल्य अकासिए पछि नेपाली समाजमा हुँदा खानेहरुले परिवारका सदस्यको अन्तिम सास जाँदा दिइने पञ्चरत्नो समेत भेट्न छोडेको बेला विमानस्थलमा भने ठूलो परिणाममा सुन भित्रने क्रम अझै रोकिएको छैन ।  ठूलो परिणाममा सुन भित्रने गरेको नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय महिला पक्राउ परेकी हुन् । विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेशको संयुक्त टोलीले १ किलो २ सय ६० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको हो । 

थाइ एयरमार्फत बैंककबाट आएकी ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवी लक्ष्मणरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  अर्ध तरल अवस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सो सुन बरामद गरिएको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया