मेष – मिश्रित फलदायी दिन छ । शैक्षिक व्यवसायमा संलग्नता राख्नेहरूका लागि समय अनुकूल रहनेछ । विद्यार्थी वर्गले शैक्षिक उन्नतिका अवसर प्राप्त गर्नेछन् । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनु हितकर होला । साथीसंगी रुष्ट हुनसक्छन्, व्यवहारमा लचकता अपनाउनुहोला । उद्योग र व्यापारमा आजको दिन लगानीअनुसारको उपलब्धि प्राप्त गर्न कठिन हुने देखिन्छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहला । साहसिक काममा आकर्षण रहनेछ ।
वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइने देखिन्छ । विगतको श्रमबाट पनि राम्रै धनलाभ होला । प्रगतिको दर बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । सुखद यात्राको अवसर प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – समय केही प्रतिकुल रहन सक्छ, सावधानीका साथ कार्य-ब्यवहार गर्नुहोला । माता–पिता एवम् सन्तान पक्षसँग मतभेद बढ्न सक्छ । अध्ययन-अध्यापन कार्यमा अवरोध आउने सम्भावना छ । आजको कुनै निर्णय प्रत्युत्पादक हुन सक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । महत्वपूर्ण काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ, तर विगतको श्रमबाट भने लाभ हुने देखिन्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
कर्कट – बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । मित्र एवम् आफन्तजनको सहयोग मिल्नेछ । आर्थिक कारोबारको अवस्था सन्तोषजनक नरहन सक्छ । खर्चका बाध्यता धेरै आइपर्ने योग छ । विभिन्न उपहार प्राप्त हुने र सहयोगीहरूले राम्रो साथ दिने योग छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । विशेष योजना अघि बढाउने सवालमा केही जोखिम देखिन्छ । आजको दिन नगद लेनदेन नगर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले आजको दिन गोपनियतामा एकदमै सावधान रहनु हितकर होला । वैदेशिक कार्यको प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता हातपर्ने योग छ । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । मित्रजनको साथ मिल्नेछ ।
कन्या – केही खुशी र केही विषद क्षण ब्यहोर्नुपर्ने दिन छ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ भने व्यापार–व्यवसायमा लक्ष्यअनुरूप सफलता प्राप्त गर्न कठिन पर्ने देखिन्छ । सोचेको समयमा कार्य सम्पादन गर्न मुस्किल पर्ला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । नजिकका साथीसंगी बिनाकारण टाढिनसक्ने योग भएकोले व्यवहारमा लचकताको दरकार छ ।
तुला – आम्दानीका अवसरहरू प्राप्त हुने दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग विवादको योग रहेकोले सजगता अपनाउनुहोला । विद्यार्थी वर्गका लागि राम्रो समय छ । खेलकुद र भ्रमणमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग हुनाले खानपानमा विशेष सजग रहनु हितकर होला ।
वृश्चिक – मिश्रित फलदायी समय छ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिनसक्ने भएकोले मन चिन्तित रहला । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुनसक्छ । सहयोगीहरू टाढिन सक्छन् । प्रेमको बन्धन भने कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । खर्च कटौतीका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – नियमित कार्यमा ब्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
मकर – बोली र ब्यक्तित्वको प्रभाव वृद्धि भइ आँटेका काम सजिलै सम्पन्न हुनसक्ने समय छ । ऋण, रोग र शत्रु परास्त हुनेछन् । अरुलाई विश्वास दिलाउन सफल भइ रोकिएका काम अघि बढाउन सकिनेछ । तर खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नसक्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले कार्य बिथोलिन सक्नेतर्फ ध्यान दिनु जरुरी छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
कुम्भ – समय खासै अनुकुल नरहला । आर्थिक कारोबारमा समस्या आउने तथा आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, प्रेममा खटपट हुने सम्भावना छ । प्रेम प्रसङ्ग अघि बढ्दा पढाइलेखाइमा केही कमी हुन सक्ने भएकोले संयम व्यवहारको दरकार छ । निको भइसकेको स्वास्थ्य समस्याले पुन सताउन सक्छ, सजग रहनुहोला । विगतको श्रमबाट धनलाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य सार्थक रहला ।
मीन – बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्ने दिन छ । अरुको विश्वास सजिलै जित्न सकिएला । व्यापार तथा उद्योगतर्फ पनि फाइदाको योग छ । धार्मिक कार्यमा चाहिँ खासै रुचि नहोला । आरोग्यबल बढ्नेछ भने सुख विलासको भाव पैदा हुनाले मन हर्षित रहला ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो