फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । कोशी प्रदेशको नामाकरणको आन्दोलनलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्व आदिवासी दिवसका सन्दर्भमा महासंघले ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं । परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौंली भूमी, भाषा र संस्कृतीको संरक्षण गरौं’, भन्ने मूल नारा समेत तय भएको छ ।
यो दिवसलाई कोशी प्रदेश नामांकरणको सन्दर्भमा भइरहेको आन्दोलनलाई सहयोग पुग्नेगरी शक्ति प्रदर्शनका हिसाबले पनि यो दिवस भव्य बनाइने नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताएका छन् ।
नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । कोशी प्रदेशसहित बागमति प्रदेशमा विविध कार्यक्रम आज हुँदैछन् । इटहरीमा ¥याली, झाँकी सहित नगरपरिक्रमा गरेर कोणसभा हुने भएको छ । दिवसका अवसरमा काठमाडौंमा बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो