२९ औं राष्ट्रिय कण्डम दिवस इटहरीमा विभिन्न कार्यसहित मनाइयो

फाष्ट मिडिया नेपाल संवाददाता

आज २९ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । कण्डमको सहि प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ सबैबाट सुरक्षा भन्ने नारा सहित आज शनिबार देश भर राष्ट्रिय कण्डम दिवस भव्यताका साथ मनाइएको छ।
सोही अवसरमा इटहरी उपमहानगरपालिकाको आयोजना तथा आम्दा नेपाल, मानव कल्याण समाज, प्रयास महिला समुह, महिला सहयोगी समुह, आस्था फाउन्डेसन, नाप प्लस एन, श्रमिक महिला साझा मञ्च , परिवार नियोजन संघ, जागरण आरोग्य समाज, ए. आर. टि सेन्टर, ( इनरुवा अस्पताल, वि.पी.के.आई.यच.यस धरान) साहारा समाज र मितिनी नेपालको सहयोगमा सो कार्यक्रम मनाइएको हो।
उक्त कार्यक्रममा विशेष गरी कण्डम को प्रयोग गर्दा हुने फाइदा साथै विभिन्न किसिमका यौन रोग साथै एच. आई. भि. रोग संक्रमण बाट बच्ने लगायतको विषयमा जनचेतना फैलाउने उदेश्य सहित आयोजना गरिएको थियो। सोही क्रममा कण्डम पनि निशुल्क रूपमा राजमार्गमा आवत जावत गर्ने मानिसलाई वितरण गरी यसको प्रयोग बारे जनचेतना पनि गराएको थियो।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया