पतञ्जली याेग समिति नेपाल इटहरी उपमहानगर समितिको १५ आै स्थापना दिवस सम्पन्न

सुप्रिया राई

इटहरी । याेगले केबल हामीलाई सारिरिक रुपमा मात्रै हैन हाम्रो मनलाई पनि स्वास्थ्य बनाउछ हाम्रो मन स्वास्थ्य भयाे भने हाम्रो बिचार स्वास्थ्य हुन्छ र स्वास्थ्य बिचारले हामीलाई  सकारात्मकतामा लैजाने काेशी प्रदेश सांसद  भिम पराजुलीले बताएका छन्  ।


पतञ्जली याेग समिति नेपाल इटहरी उपमहानगर समिति सुनसरीको 15 ओ स्थापना दिवसको अवसरमा   उक्त कुरा काेशी प्रदेस सांसद तथा पतञ्जली याेग पीठका आजिबन सदस्य भिम पराजुलीले बताएका  हुन् ।

एउटा याेगी जहिले पनि सकारात्मक हुन्छ र समाजलाई सकारात्मक सन्देश दिरहेकाे हुन्छ,यतिबेला घरघरमा झगडा भईरहेकाे छ,हामीमा नकारात्मकता बढ्दैछ  यसलाई चिर्नकाे लागि हामीले याेगकाे बिषयमा जनजनमा जनचेतना फैलाउदै परिवार समाज देशमा सत्भाब,उन्नती प्रगति गर्दै लैजान जरुरी रहेकाे समेत कार्यक्रमका प्रमुख अतिथि  सांसद पराजुलीले  बताए ।

पतञ्जली याेग समिति नेपाल इटहरी उपमहानगरकाे अध्यक्ष उर्मिला कटुवालकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश सल्लाहकार ,प्रदेश अध्यक्ष ,प्रदेश सचिव लगायतको उपस्थिती रहेकाे थियाे,त्यसै गरि कार्यक्रममा याेग प्रशिक्षकहरु दिक्षित भएका थिए भने याेगा प्रदर्शन तथा नृत्य  प्रदर्शन गरिएकाे थियाे ।

सुप्रिया राई
प्रतिक्रिया