पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा भएको अनिश्चितकालीन बन्दले पूर्वी पहाडी जनजीवन प्रभावित

फामिने ज्योतिष

दमक । पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर समूहले अनिश्चितकालीन यातायात बन्दका कारण पूर्वी पहाडी जनजीवन प्रभावित बनेको छ ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले मंगलवारदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायात ठप्प हुन पुगेको छ । त्यस सडकमा खासै यातायातका साधनहरु चल्न सकेका छैनन् ।बन्दका कारण मंगलबार बिहानैबाट लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । बन्दको प्रत्यक्ष असर इलाम, पाँचथर तथा ताप्लेजुङमा परेको छ ।

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका क्रममा बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरु झापामै रोकिएका छन् । बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशनमा निस्किएका थिए ।

पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था 

(याक्थुङ सयङ ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।

मुकुम्लुङ संरक्षण 

अनिश्चितकालीन....संयुक्त समितिका संयोजक श्री लिखिमले केबलकार निर्माण खारेज गर्न, ‘सैन्यकरण’ फिर्ता, नियन्त्रणमा लिइएका ‘योद्धा’हरूको विनासर्त रिहाइ तथा झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरेर बन्दको आह्वान गरिएको बताए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी प्रमुखले मुकुम्लुङप्रेमीहरूलाई गोली हान्न आदेश दिएको भन्दै उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्नेसमेत बताएका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाँध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

दमकमा विरोध प्रर्दशन

दमकमा प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरुले नारावाजी गरि ¥याली निकालेका छन् । ¥यालीमा पहिचानवादी नेता कुमार लिङदेनसहितका नेताहरु सहभागि थिए । शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएको घटना प्रति विरोधमा उत्रिएका संघर्षरत पक्षधरले केवलकार निर्माण रोक्नु पर्ने लगायतका माग राख्दै ¥यालीले दमक बजार परिक्रमा गरेका थिए  । ¥यालीपछि आकासे पुल सडक क्षेत्रमा कोणसभा गरिएको थियो । कोणसभामा संघीय नेता कुमार लिङदेनले पाथीभरा धार्मिक सम्पदा भएको भएपनि राज्यले एउटा माफियालाई केवलकारको जिम्मा दिने कार्य आफूहरुलाई स्वीकार्य नभएको औल्याए । उनले मुकुमलुङमा राज्यले आपूmहरुमाथि गरेको दमनका विरुद्ध देशभरिका पहिचानवादीहरु एक भएर प्रतिकारमा उत्रन बाँध्य हुने चेतावनी दिए ।  

गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले जिल्लाका तीन जना सांसदलाई मंगलवार साँझ गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।

उनीहरूले जिल्लाको वास्तविक अवस्था गृहमन्त्रीलाई जानकारी गराउने र आन्दोलनरत समूहलाई वार्तामा बोलाउन गृहमन्त्रीलाई अनुरोध गर्ने संकेत गरेका छन् ।बोखिमले भनिन्, ‘मैले अस्ति जिल्लामा सिडिओ सावकोमा आन्दोलनरत समूह र प्रशासनबीच छलफल गराएको थिएँ, त्यो विषयमा पनि जानकारी गराउँछु र अहिलेको वस्तुस्थिति जे छ त्यो पनि भन्छु ।’ उनले थप द्वन्द्व चर्कन नदिन आन्दोलनकारीसँग वार्ता गर्नुपर्ने बताइन् ।

फामिने ज्योतिष
प्रतिक्रिया