दमक । दमक नगरपालिकाले क्षयरोग सक्रिय खोजपड्ताल अभियान अन्तर्गत क्षयरोग निदान निःशुल्क अल एक्सरे शिविर सञ्चालन गरेको छ ।
दमक नगरपालिका वडा नं. ९ स्थित महालक्ष्मी माविको हलमा बिहीबार आयोजित सो कार्यक्रम दमक नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको थियो भने स्वास्थ्य निर्देशनाालय कोशीप्रदेश धनकुटाको सहकार्य रहेको थियो । प्रमुख अतिथि नगरप्रमुख रामकुमार थापा कार्यक्रमको ब्यानर पढेर सुनाएको थिए । सो शिविरमा अल एक्सरेको उद्घाटन पनि प्रमुख अतिथि थापा र विशिष्ट अतिथि रेगिना भट्टराई प्रसाईबाट सुरु गरिएको थियो ।

दमक नगरपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएपछि यसको निदानमा तदारुकताका लाग्नुपर्ने र जनस्वास्थ्यप्रति चासो देखाउनु बाध्यता आइपरेको नगरप्रमुख रामकुमार थापाले बताए । उनका अनुसार साउन देखि यता नै १२५ जना क्षयारोगीका बिरामी फेला परेको बताए । निर्वाचित भएर आएदेखि नै स्वास्थ्य निःशुल्क रुपमा सम्भव भएको सरल र सजिलो हिसाबले पाउन भन्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम हरेक वडामा ल्याएको जानकारी गराए । हामीले दमकका नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने नारा राखेर त्यसलाई सार्थक तुल्याउन ९० वर्षभन्दा माथिका आमाबुबा र ‘क’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई हरेक तीन महिनामा डाक्टरसहित घरघरमा गएर निःशुल्क उपचार गर्ने कार्यक्रम निरन्तर रुपमा गर्दै आएको जानकारी समेत गराए । वडास्तरमै ल्याबको समेत व्यवस्था गरिएको हुँदा नगरपालिका पुगिराख्न नपर्ने पनि नगरप्रमुख थापाले बताए । घरघरमा गएर नसर्ने रोगहरुको निदानका लागि लागिपरेका र यो सर्ने रोग क्षयरोग एकजनालाई लाग्यो भने थाहै नपाई अर्कोमा सरिसकेको हुनसक्ने बताए । आज सोही कार्यक्रम नगरपालिकामा ५, ६, ७ र १ नम्बरलाई समेटेर यहि कार्यक्रम आयोजना हुने र शनिबार २ र ३ नम्बर वडामा गर्ने कार्यक्रम रहेको पनि बताए । यस शिविरबाट छुटेकाहरुले शुक्रबार र शनिबार हुने कार्यक्रममा सरिक भएर पनि चेकजाँच गराउन सक्ने बताए ।

दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा नगरउपप्रमुख रेगिना भट्टराई (प्रसाईं) र स्वास्थ्य सेवा निर्देशनालय धनकुटाका प्रमुख वरिष्ठ अधिकृत तुलसीप्रसाद गुरागाई विशेष आतिथ्यतामा सो शिविर सञ्चालन गरिएको थियो । १० नम्बर वडाका वडाअध्यक्ष राजेन्द्र भण्डारी, वडा सदस्य ः नरेश बञ्जरा, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश कुमार मेहता, डा. सारांश घिमिरे इलाम, रेडियोग्राफर सोनी देव इनरुवा अस्पताल, दमक नगर अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यतासहित सेवाग्राहीको बाक्लो उपस्थितिमा सो शिविर सञ्चालन भएको कार्यक्रम सञ्चालक समेत रहेका अग्निप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार सो शिविरबाट १ सय ८९ जनाको परिक्षण भएकोमा २ जना क्षयारोग पत्ता लागेको र ९ जना शंकास्पद रहेकाले खकारको नमूना लिइएको बताए ।

यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख भट्टराई (प्रसाई)ले क्षयरोग सरुवा रोग भएको र हरेक वार्डमा यसबाट मानिसहरु प्रभावित हुँदै गएको हुँदै गएको र अहिले धेरैले औषधी सेवन गरेर सामान्य तर्फ आउँदै गरेको जानकारी गराईन । उनले भनिन माक्स नलगाई भिडभाडमा गएको छ भने त्यसलाई अरुलाई सार्ने सम्भावना बढी हुने हुँदा शुन्यसहनशिलताका लागि नगरपालिकाले धेरै मेहनत गरेको बताईन । आजको यो कार्यक्रम गर्नका निम्ति ६ महिना अगाडिदेखि समय लिएर आज पहिलो दिन यहाँ शिविर सञ्चालन गरिएको बताईन ।
यसैगरी विशिष्ट अतिति तथा निर्देशनालयका प्रमुख गुरागाईले अत्याधुनिक प्रविधि जुन प्रविधियुक्त मेसिन देशभरमा ७ वटा रहेको त्यो ७ वटामध्येको कोशी प्रदेशमा एउटा रहेको छ । कोशी प्रदेशका १३७ पालिका मध्ये दमक नगरपालिकाको ९ र १० नम्बर वडाले पहिलो पटक एक क्लिकमै आफ्नो क्षयरोग पत्ता लाग्ने मेसिनबाट स्वास्थ्य जाँच गराएको बताए । १५ वर्ष मुनिका र गर्भवती बाहेक सबैलाई सेवा दिने पनि उनले उल्लेख गरे ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेहताले लामो छलफल र प्रयासबाट शिविर सञ्चालन गर्न सफल भएको बताए । उनले भने एकजना क्षयरोगीले २५ जनालाई रोक सर्न सक्ने देखिएको उल्लेख गर्दै एकजनाले बिरामी भएको वडामा अन्य धेरैलाई रोग सर्न सक्ने सम्भावना रहेको बताए । अस्पताल भएकै ठाउँ वडा नं. १ मा पनि २९ जना बिरामी रहेको भन्दै उनले सचेत, सजगतासहित उपचारमा सहभागी भइदिएको खण्डमा औषधीबाट रोग निर्मुल हुने हुँदा सकेसम्म सबैजना सहभागी भई शिविरबाट फाइदा लिन आग्रह समेत गरे ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो