यसरी हुँदैछ प्रतिनिधिसभा विघटन

दयाराम कटेल

काठमाडौँ : राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने छ।

त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ। 

मन्त्रिपरिषद्‍ले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने र त्यसलाई राष्ट्रपतिले स्वीकृत गर्ने छन्। 

दयाराम कटेल
प्रतिक्रिया