राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।
सहकारी ठगीका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि सङ्घीय संसद् सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो । प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्यसमेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् । लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए । प्रतिनिधिसभा सदस्य निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
९ पुस २०८१, मङ्गलबार १०:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो