सुन्दरहरैचामा मनमायाको हत्या, उनकै श्रीमानले गरेको हुन सक्ने आशंका

दयाराम कटेल
मोरङ।। मोरङको सुन्दरहरैचा- ५ स्थित गोर्खाली टोलमा बिहीबार ४५ वर्षीया मनमाया तामाङको हत्या भएको छ। 
हत्या उनकै श्रीमान पदम तामाङले गरेको हुन सक्ने आशंका गरिएको छ। हाल उनी फरार रहेका छन्। बिहिबार बेलुका ८ बजेसम्म श्रीमान श्रीमती सँगै रहेको र यस अघि पनि पदमले श्रीमती माथि कुटपिट गर्ने गरेकाले उनले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिएका छन्। '
ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने चाहिँ यकिन भएको छैन, निरिक्षक दाहालले भने,'प्रहरीको प्राम्भिक अनुसन्धानमा उनले हत्या गरेको हुनसक्ने देखिएको छ अहिले श्रीमान फरार छ मृत अवस्थामा श्रीमतीको शव चाहिँ फेला परेको छ।' स्थानीयका अनुसार पदमले श्रीमतीलाई पटक पटक कुटपिट गर्ने गरेको थिए। घटना रातीको समयमा भएकाले छिमेकीहरुले पनि थाहा नभएको र के कसरी घटना घट्यो भन्ने बारे पनि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ। 
अहिले मृतकको शव पोष्टमाटंमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ। प्रहरी परिचालन गरी फरार पदमको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार पदमले यसअघि पनि आफ्नै आमालाई जबर्जस्ती गर्न खोजेको बताएका छन्।

दयाराम कटेल
प्रतिक्रिया