फाष्ट मिडिया नेपाल संवाददाता
केराबारी । पछिल्लो समय मोरङको केराबारीमा खानेपानीबाट मौलाएको श्रमसंस्कृति मौलाउँदै बृक्षारोपणमा पुगेको छ । शनिबार शुभ खानेपानी तथा सरसफाई उपभोक्ता समिति केराबारीको आयोजनामा सुपाडे खोपमा सुपाडीको विरुवा रोपिएको छ ।
केराबारी बजार क्षेत्रमा पिउँने पानीको वितरण तथा व्यवस्थापन गर्दै आएको शुभ खानेपानीको संरक्षित मुहान क्षेत्र सुपाडे खोप आसपासका भिरपहरामा सुपाडी सहित विभिन्न फलफूल जातका विरुवाहरु रोपिएको हो । सिमसिमे झरीको प्रवाह नगरी शुभ खानेपानीको मूल सुपाडे खोपको मुहान संरक्षणको लागि आयोजना गरिएको अध्यक्ष गोकुल बहादुर थापाले बताए ।
सुख्खा मौसममा पानीको श्रोतहरु कम हुन नदिन र वर्षायाममा भूक्षय रोक्न बेल, सुपाडी, रुदाक्ष, मालती, पारिजात, अम्बा, सिरिस, बकाइनो, बनअमला फलपूmल सहित बाह्रैमास हरिया हुने डेढ सय वढी विभिन्न जातका विरुवाहरु रोपिएको संस्थाका अध्यक्ष गोकुल थापाले वताए ।
केराबारीमा खानेपानीको आपूर्ती सहज व्यवस्थापन गर्न वर्षाको समयमा सुपाडे र भडारे खोपको पानी र हिउँदमा खदम खोलाको पानी वितरण गरिदै आएको छ । सुपाडे खोप र भडारे खोल्छीको नामबाट शुभ खानेपानीको नामाकरण गरी शुभ खानेपानी संस्थाको नामाकरण गरिएको थियो ।
वृक्षारोपणमा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनीधि सहित कार्यसमितिका पदाधिकारीहरु लगायतले झर्षा र झरीका विच वृक्षारोपण गरेका थिए । यस अघि सोही ठाउँमा खानेपानी संस्थाको आयोजनामा इन्टेकको मुहान संरक्षण गर्न ढुंगा संकलन र १५ ओटा जाली भर्ने काम श्रमदान मार्फत सम्पन्न गरेका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो