इटहरी । समाज आफैँ परिवर्तन हुँदैन, त्यसका लागि प्रत्येक व्यक्ति स्वयं परिवर्तन भएर अगाडि बढ्न आवश्यक रहेको सन्देश बोकेको नेपाली चलचित्र ‘बिगुल’ निर्माण गरिएको निर्देशक रमेश कोइरालाले बताएका छन्।
बिहीबार इटहरीस्थित जेसीज हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक कोइरालाले माघ नाै गते प्रदर्शनमा आउन लागेकाे चलचित्र बिगुलले वर्तमान समाज र राजनीतिक अवस्थालाई गहिरो रूपमा प्रस्तुत गरेको जानकारी गराए। उनका अनुसार चलचित्रमा राजनीति, विकृति, गठबन्धन, सत्ता प्राप्तिका लागि गरिने गतिविधि तथा त्यसले समाजमा पारेका प्रभावहरूलाई यथार्थपरक ढंगले चित्रण गरिएको छ।
निर्देशक कोइरालाले चलचित्रमार्फत ती सबै समस्याको समाधानका लागि निर्वाचन एक महत्वपूर्ण विकल्प हुन सक्ने सन्देश समेत दिइएको स्पष्ट पारे।
“समाज परिवर्तनको दायित्व नागरिककै हातमा छ भन्ने भाव चलचित्रले बोकेको छ,” उनले भने।
कार्यक्रममा सहभागी जुनियर जेसीजका एक प्रतिनिधिले हाल युवाहरू राजनीतिप्रति निराश र विमुख हुँदै गएको अवस्थामा चलचित्र बिगुलका दृश्यहरू हेरेपछि राजनीतिले नै देश परिवर्तन गर्न सक्छ भन्ने विश्वास पुनः जागेको अनुभव साझा गरे।
त्यस्तै अर्का सहभागी महेश पौडेलले चलचित्रले वर्तमान राजनीतिक अवस्था र युवाहरूको सक्रिय तथा जिम्मेवार भूमिकालाई सशक्त रूपमा चित्रण गरेको बताए। उनका अनुसार युवाहरूलाई राजनीतिक चेतनाका हिसाबले जागरुक गराउने भएकाले चलचित्र बिगुल हेर्नैपर्ने (जोगाउनु उपयुक्त) रहेको छ।
सामाजिक चेतना र राजनीतिक सन्देश बोकेको चलचित्र बिगुलले दर्शकमाझ गम्भीर सोच र बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो