केराबारी । मोरङसुनसरी सेवा समाजले उत्तरी मोरङको केराबारीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ। हजारौको आँखा चेकजाँचबाट सयौंलाई उज्यालो दिइसकेको यो संस्थाले गरेको उक्त आँखा शिविरमा २ सय १४ जनाको चेकजाँच हुँदा २८ जनालाई उज्यालो दिन गोल्छा आँखा अस्पताल पु¥याइएको संस्थाका अध्यक्ष टेकनाथ बरालले बताएका छन् । केराबारी गाउँपालिकाको विशेष सहयोग र रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सो शिविरको आयोजना गरिएको सामाजिक व्यक्तित्व तथा संस्थाका पूर्व अध्यक्ष गोकुल बहादुर थापाले बताए । केही दिन अगाडि मात्र सम्पन्न भएको सो आँखा शिविर केराबारी गाउँपालिका–७ को श्री मुगु आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको थियो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकनाथ बरालले गरेका थिए ।
कतारमा रोजगारीको लागि गएका मोरङ र सुनसरीका युवाहरुको सक्रियताबाट जन्मिएको उक्त संस्थाले प्रवासको हकमा (कतार) स्थापित भएको २४ वर्ष पार गरिसकेको छ भने स्वदेशमै पनि आधिकारिक रुपमा कानुनी तौरतरिकाबाट चल्न संस्था दर्ता गरेको पनि १३ वर्ष बिताईसकेको छ । विशेष गरेर मातृभूमिमा स्वास्थ्य र आर्थिक पहुँच कम भएका व्यक्तिको जनस्वास्थ्यमा बढी चासो देखाएर कार्यक्रम गर्दै आएको उक्त संस्थाले दैविक विपत्तिदेखि महामारीमा उत्तिकै योगदान पु¥याउँदै आएको थापाले बताए । उनका अनुसार कोरोना महामारी उत्कर्षमा पुगेका बेला हरेक ठाउँमा अक्सिजनको अभावमा बिरामी छटपटाईरहेको अवस्थामा मोरङ र सुनसरीका हरेक पालिकालाई संस्थाको प्रवास शाखा कतार, साउदी, युएई, बहराईन, ओमनलगायतका ८ वटा देशका मोसु अभियन्ता र मातृभूमिको सहयोगमा ५ देखि ७ वटासम्म सिलिण्डर ग्यास उपलब्ध गराउन सफल भएको थियो । त्यस बाहेक पनि अनेकन विपत्तिमा उत्तिकै योगदान दिँदै आएको संस्थाले प्राणघातक रोग लागेर मृत्युशैयामा छटपटाएका कैयौंको ज्यान बचाउने अभियानमा समेत जोडिँदै आएको छ । प्रवासमा रहेर अलपत्र परेका, तलब नपाएकादेखि अनेकन दुःख र झन्झट व्यहोरिरहेकाहरु मोरङसुनसरीबासीसहित देशभरलाई गैरआवासीय नेपाली संघ कतारसँगको सहकार्यमा सहयोग पु¥याउँदै आएको छ । केराबारीमा आयोजित कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण भुजेल, मोसुका पूर्व अध्यक्ष गोकुलबहादुर थापा, लोकबहादुर तामाङ, चिरञ्जीवि तिम्सिना, कतारका पूर्व अध्यक्ष दिलिप पराजुलीलगायत मोसु अभियानका अभियन्ता, पदाधिकारी, पूर्व पदाधिकारी, विभिन्न देशको प्रतिनिधित्व गर्ने प्रवास शाखाका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, केराबारी गाउँपालिकाका अध्यक्ष, क्यामेरामा सन्तोष दाहाल, कार्यक्रम सञ्चालन भिम घिमिरेले सञ्चालन गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो