इटहरीमा जलबायु न्याय सम्बन्धि प्रदेश स्तरीय सम्बाद सम्पन्न

सुप्रिया राई

इटहरी । सामाजिक परिवर्तन केन्द्रको आयोजनामा जलवायु न्यायसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाले जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै जलवायु परिवर्तन अनुकूलन रणनीति र त्यसको कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे सरोकारवालाहरूसँग संवाद गरेको थियो।

पर्यावरणीय शान्तिका लागि निरन्तर काम गर्दै आएको संस्थाले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा सरोकारवालाहरूको चासो बढाउने र सचेतना फैलाउने रहेको सामाजिक परिवर्तन केन्द्रका सुनसरी जिल्ला फिल्ड अफिसर रमेश भट्टराईले जानकारी दिए ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त संवाद कार्यक्रममा कोसी प्रदेस सभाका सदस्य उध्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति  रामदेब यादब, प्रदेश सांसद सपना परियार, कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेल, इटहरी उपमहानगरपालिकाका वातावरण विज्ञ पुष्पनारायण चौधरी लगायत कोशी प्रदेशभरि वातावरण तथा पर्यावरणको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनको प्रभाव स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय तहसम्म गम्भीर बन्दै गएको उल्लेख गर्दै सम्बन्धित नीति, प्रभावकारी कार्यान्वयन र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए।

सुप्रिया राई
प्रतिक्रिया